आईसीसी टीट्वेन्टी विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

  • प्रकाशित मिति : २०८२ फाल्गुन २८, बिहीबार
  • नेपाल टेल संवाददाता

भारत र श्रीलंकामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकप–२०२६ मा सहभागी नेपालले दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर पुरस्कार पाएको छ ।

तेस्रो पटक टीट्वेन्टी विश्वकप खेलेको नेपालले आईसीसीबाट पुरस्कार पाएको हो। आईसीसीले बुधबार टीट्वेन्टी विश्वकपमा सहभागी राष्ट्रलाई प्रदान गर्ने पुरस्कार घोषणा गर्दा नेपालले दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर अर्थात् तीन करोड ७७ लाख ५७ हजार नेपाली रुपैयाँ पुरस्कार पाउने भएको हो ।



लगातार दोस्रो पटक विश्वकपमा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो। नेपालसँगै समूह चरणबाट बाहिरिएका इटाली, संयुक्त अरब इमिरेट्स (यूएई) र नेदरल्यान्डले पनि समान रकम पाएका छन्।