ओली र लेखकलाई नियन्त्रणमा लिइँदै

  • प्रकाशित मिति : २०८२ चैत्र १४, शनिबार
  • नेपाल टेल संवाददाता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गर्न लागेको छ । प्रहरी उच्च स्राेतका अनुसार तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई नियन्त्रणमा लिइने तयारी भइरहेकाे हाे ।

गए राति नक्सालस्थित आइजीपीकौ निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी आइजीपी दानबाहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबिच उनीहरूलाई पक्राउ गर्नेबारे छलफलभएको थियो ।



अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखकको निवासमा प्रहरी पुगेको छ ।

शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।