राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते बिहीबार अपराह्न २ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।