कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको छ ।

धुम्बाराहीमा बसेको नेताहरूको बैठकले आजका लागि बोलाइएको भेला तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।



निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकले आन्तरिक छलफल आवश्यक देखिएकाले भेला स्थगित गरिएको जनाएको छ ।

नेताहरूका अनुसार थप परामर्शपछि मात्र नयाँ मिति तय गरिनेछ । साथै, सर्वोच्च अदालतमा पार्टीको आधिकारितासम्बन्धी मुद्दालाई पनि ध्यानमा राखिएको बताइएको छ ।