सुनको मुल्य स्थिर, चाँदी बढ्यो

  • प्रकाशित मिति : २०८२ चैत्र २०, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। हिजोकै दरमा कायम भएको हो ।



चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ ।