अमेरिकाबाट कलाकार सागर लम्साल बले माथि गम्भीर आरोप लगाएकी युवतीले आफ्नो पूरा परिचय खोलेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो नाम र अन्य विवरण सार्वजनिक गरेकी हुन् ।
सञ्चारमाध्यमहरूमा ‘युवती’ भनेर समाचार लेखिएकोप्रति असन्तुष्टि जनउँदै उनले आफ्नो वास्तविक नाम संगम बिष्ट भएको बताएकी छन् । उनी कलाकार गजित बिष्टकी छोरी र नृत्यनिर्देशक गम्भीर विष्टकी भतिजी हुन् ।
संगम स्वयम्ले थुप्रै चलचित्रमा अभिनय गरेकी छन् । एकपटक राष्ट्रिय पुरस्कारसमेत जितेकी थिइन् । सानैदेखि कलाकारितामा लागेको र उच्च अध्ययनको सिलसिलामा अमेरिका आएको बताएकी छन् ।
आफूले लेखेको पहिलो स्टाटस भाइरल भएपछि संगमले दोस्रो स्टाटस लेख्दै परिचय सार्वजनिक गरेकी हुन् । उनको दोस्रो स्टाटस निकै आक्रामक छ । बलेलाई लक्ष्यित गर्दै उनले भनेकी छन्– ‘कि त त्यो जेल जान्छ, कि त त्यसको ज्यान जान्छ ।’
आफूले अहिलेसम्म कत्थक नृत्य गरिरहेको तर अब ताण्डव देखाउने भन्दै उनले प्रतिकात्मकरूपमा बडा कदम चाल्ने संकेत गरेकी छन् ।
हेर्नुस् संगमको पूरा स्टाटसः
मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मन मिल्ने चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई।
धेरै एक युवती–युवती भनेर पढ्न मन लागेन, सो मेरो परिचय दिँदै छु है। नमस्कार, म संगम बिष्ट, २ वर्षको उमेरदेखि डान्समा लागेको र ५ वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार। जसले आफ्नो पूरा बालापन सेटको खाना खदै, एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कूलको पुस्तक बोकेर, “लाइट, क्यामरा, एक्सन” सुनेर हुर्केको मान्छे। वर्षौं आफ्नो मेहनतले, सेटमा कयौ अनिदा रातहरू, परिवारको अमुल्य साथ र स्कूलको टुरिस्ट भएर १३ वर्षको उमेरमा (सर्वोत्कृष्ट अभिनेत्री) विदामा राष्ट्रपति रामबरण यादवको हातबाट (नेसनल अवार्ड) र साथै विभिन्न विदामा अवार्ड पाउने कलाकार। जसको काका नेपालका एक टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाई वर्ल्ड्स योगेस्ट फिल्म डाइरेक्टर ।
दुखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तो आफ्नो मूल्य भन्न परिरहेको छ ताकि मेरो आवाजको केही भार होस् ।
लाग्थ्यो जस्तो–तस्तो गरेर यो राक्षससँग लड्छु भनेर, आज एउटै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस छन् भनेर थाहा पाएँ। मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तो टिप्दै अघि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लगाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने तेस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउन पनि नपरोस।
देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर, सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो।
त्यसपछि आयो माया, आफ्नो मान्छे, अपरिचित सबै जनाबाट धेरै माया, आशा,साथ र विश्वास । र थाहा पाएँ, मेरो कथा त मभन्दा ठूलो भइसकेको छ। मेरो कथामा, कति म जस्तै दीदी–बैनीको कथा मिसिन पुग्यो जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ, मेरो आवाज अब मेरो मात्र नभएर सबै दीदी–बैनीहरूको दबिएको आवाज बनेको छ। र आफ्नो परिवार, र सबै जनाको साथले महसुस गरेँ, मैले अब यो लडाईं मेरो लागि मात्र होइन सबैको लागि जित्नु पर्छ भनेर। कत्थक डान्स गर्ने म, अब गर्छु “ताण्डव।”
र पैसा को लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डस्ट्रीमा पस्नको लागि गरेँ भन्ने सबै हाम्रो महान नेपाली जनता हरुलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातर भूईंमा झार्नको लागि गरेको हो। ती सबै दीदी–बैनीहरूलाई एउटा आशा बन्नको लागि गरेको हो। धेरै केही भन्नु छैन । यति भन्छु‘कित त जेल जान्छ‘ कि त उसको ज्यान जान्छ।
हाम्ले एउटी नारीको सहनशीलता, बुद्धि, न्यूनोपन र निःस्वार्थ माया देखेको छौँ। अब एउटी नारीको क्रोध हेर्नु ।
म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर। न्याय पाए ठीक छ, नत्र यो पाली दुर्गा पूजा छिट्टै मनाइन्छ जस्तो छ।
माः दुर्गा ले सबैको रक्षा गरुन्।
जय नारी।