नेपाली काँग्रेसको ‘नीति प्रतिष्ठान’ लाई बौद्धिक केन्द्रका रूपमा विकास गरिने

  • प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’लाई बौद्धिक केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका छन्। प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले समाजमा उब्जिएका जटिल प्रश्नहरूको पहिचान गरी रणनीति निर्माणमा यो संयन्त्र सक्रिय रहने बताए।

उनले लोकतन्त्र सुदृढीकरण र मुलुकको समुन्नतिका लागि पार्टीभित्र नवीन सोच र सम्भावनाको विकास आवश्यक रहेको उल्लेख गरे। ७० वर्षे इतिहास बोकेको काँग्रेसले वर्तमान चुनौतीहरू सामना गर्दै अघि बढ्नुपर्ने उनको धारणा थियो।



बैठकमा शर्माले मधु आचार्यलाई उप–प्रमुखमा प्रस्ताव गर्दै आगामी जेठ ३ गते बस्ने बैठकले कार्यकारी निर्देशक र अन्य जिम्मेवारी टुंगो लगाउने जानकारी दिए। साथै, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘किन हारियो’ बाट ‘कसरी जित्ने’ रणनीतिमा केन्द्रित हुने योजना सार्वजनिक गरिएको छ।