अनुष्का शर्मा विरुद्ध गोरखा संगठनद्वारा उजुरी दर्ता

  • प्रकाशित मिति : २०७७ जेष्ठ ११, आईतवार
  • nepaltale.com

अभिनेत्री अनुष्का शर्मा विरुद्ध उनको वेब सिरिज ‘पाताल लोक’लाई लिएर भारतको राष्ट्रीय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ।

गोरखा संगठनले वेब सिरिज ‘पाताल लोक’को एक दृश्यमा गोरखा समुदाय कथित “लिंगभेदी टिप्पणी’ भएको भन्दै अभिनेत्री शर्मा विरुद्ध राष्ट्रीय मानवाधिकार आयोग (एनएचआरसी)मा उजुरी दर्ता गरेको हो।

अभिनेत्री शर्मा यो वेब सिरिजकी निर्माता हुन। अल अरुणाचल प्रदेश गोरखा यूथ एसोसिएशन (एएपीजीवाईए)को तर्फबाट इकाई अध्यक्ष बिकास भट्टाराईले उजुरी दिएका हुन।

नेपाली भाषीको अपमान गरिएको भन्दै उक्त वेब सिरिज बन्द गरिनुपर्ने अथवा अनुष्काले माफी माग्नुपर्ने निवदेनमा उल्लेख छ।