मंगलबार ४३ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। नारायणी अस्पतालमा उपचाररत् व्यक्तिहरू निको भएर घर फर्किएका हुन्। उनीहरू ७ देखि ५३ वर्ष उमेरका छन्।
जसमध्ये २ महिला र ४१ पुरूष रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, उनीहरू ११ देखि १६ औं दिनमा डिस्चार्ज भएका हुन्।
योसँगै कोरोना संक्रमणबाट निको भएर फर्किनेको संख्या १ सय ५५ पुगेको छ। यसअघि सोमबारमात्र २५ जना निको भएर घर फर्केका थिए।