क्वारेन्टिनमा मृत्यु भएकी महिलाको अन्त्येष्टि, कोरोना रिर्पोट आउन बाँकी

  • प्रकाशित मिति : २०७७ जेष्ठ १४, बुधबार
  • nepaltale.com

क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका–६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ।

महिलासँगै बसेका परिवारका पाँच सदस्य आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो।

लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराउनुभएका उहाँलाई चिकित्सकले निको नहुने बताएपछि उहाँ स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बस्नुभएको थियो।