गायिका आस्था राउत प्रहरी शरणमा

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

काठमाडौँ । ट्रोलले हैरान भएपछि गायिका आस्था राउत प्रहरी शरणमा पुगेकी छिन्। आफ्नो समस्या लिएर प्रहरीको शरणमा पुगेपछि गायिका राउतको ट्रोल बनाउने एक युवकलाई प्रहरीले उक्त ट्रोल डिलिट गर्न लगाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले ट्रोल बनाउने युवकको पहिचान गरेर ट्रोल हटाउन लगाएको हो।

केही समयअघि त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलमा प्रहरीसँग भएको विवादपछि आस्था फेसबुक लाइभमार्फत् गालीगलौजमा उत्रिएकी थिइन्। सोही विषयमा ट्रोल बनाएर आस्थालाई सामाजिक सञ्जालमा व्यङ्ग्य गरिदै आइएको थियो।

ट्रोलले हैरान भएपछि आस्थाले फोन गरेर प्रहरीलाई जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले ट्रोल बनाउने युवकलाई ट्रोल हटाउन लगाएर अबदेखि यस्ता ट्रोल नबनाउन पनि चेतावनी दिएको छ।