पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।