रुकुम घटना : बेपत्ता रहेका अर्का युवकको शव फेला

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनामा अर्का युवकको शव फेला परेको छ।

प्रहरीका अनुसार बेपत्ता रहेका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ। यो सँगै ६ जनाकै शव भेटिएको हो।

जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकको समुहका युवाहरु युवतीलाई भगाउन रुकुम जाँदा घटना भएको थियो। युवती पक्षको लखेटाईपछि युवाहरुले भेरीमा हाम फालेर पारि जान खोज्दा घटना भएको बताइएको छ।