एकै दिन १ लाख २४ हजार बढी कोरोना संक्रमित, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ जेष्ठ १८, आईतवार
  • nepaltale.com

विश्वभर कोरोना भाइरसको महामारी तिब्र रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ हजार ८४ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ८ सय ९३ पुगेको छ भने ६१ लाख ५४ हजार ३५ जना संक्रमित भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १५ जनाको मृत्यु भएको छ भने २३ हजार २ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ सय ५७ पुगेको छ भने १८ लाख १६ हजार ८ सय २० जना संक्रमित बनेका छन्।

त्यस्तै बाजिलमा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा बढेको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ९० जनाको मृत्यु भएको छ भने ३० हजार १ सय २ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ भने ४ लाख ९८ हजार ४ सय ४० जना संक्रमित बनेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा १८१ जना, यूकेमा २१५ जना, इटलीमा १११ जना, भारतमा २०५ जना, मेक्सिकोमा ३७१ जनाको मृत्यु भएको छ ।