विश्वमा कोरोना संक्रमितको संख्या ६३ लाख ६० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ६३ लाख ६१ हजार २ सय ५४ ४९ जना संक्रमित भेटिएका छन् भने ३ लाख ७७ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म २९ लाख २६ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।
हालसम्म सबैभन्दा धेरै अमेरिकामा १८ लाख ५८ हजार ८ सय २५ जना संक्रमित देखिएका छन् भने १ लाख ६ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ५ लाख २९ हजार १८ जना संक्रमित भएका छन् भने हालसम्म ३० हजार ४६ जनाको मृत्यु भएको छ ।
पछिल्लो दिनमा युरोपेली मुलुक रसियामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म रसियामा ४ लाख १४ हजार ८ सय ७८ जना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो दिनमा संक्रमितको संख्या एक्कासी बढ्दै गरेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा १ लाख ९८ हजार ३ सय ७० जना संक्रमित भेटिएका छन् भने ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ७ हजार ७ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय जनाको मृत्यु भएको छ ।