चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख १५ हजार ९ सय ८१ नयाँ संक्रमित थपिएका छन्।
यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ४१२ पुगेको छ भने ६४ लाख ८५ हजार ५ सय ६३ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्युदर सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाभन्दा बढी ब्राजिलमा छ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने २७ हजार २ सय ६३ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३४ जनाको मृत्यु भएको छ भने २१ हजार ८ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार २ सय ७८ पुगेको छ भने ५ लाख ५६ हजार ६६८ जना संक्रमित भएका छन्। त्यस्तै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ८ हजार ५९ पुगेको छ भने १८ लाख ८१ हजार २०५ जना संक्रमित बनेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा १८२ जना, यूकेमा ३२४ जना, भारतमा २२१ जना, फ्रान्समा १०७ जना, पेरुमा १३३ जना, मेक्सिकोमा २३७ जनाको मृत्यु भएको छ ।