स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

  • प्रकाशित मिति : २०७७ जेष्ठ २५, आईतवार
  • नेपाल टेल संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका डा विकास देवकोटाको जिम्मेवारी हेरफेर गर्दै उनको ठाउँमा डा जागेश्वर गौतमलाई ल्याइएको छ ।

उनी हालै सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो ।



देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको जानकारी दिँदै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।