थप ४४८ जनामा कोरोना पुष्टि, कुल संख्या ५ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपालमा आज थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ।



पाँच हजार ९ सय २५ आरट-पीसीआर परीक्षण गर्दा ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अहिलेसम्मकै एकैचोटी थपिएका धेरै सङख्या हो।

आज १६ जना डिस्चार्ज भएका छन्। यो सँगै ८७७ जना डिस्चार्ज भएका छन्।