नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ । कोरोना जित्नेको संख्या भने ९ सय १३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् ।
४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।