बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। सफलताको उचाइमा रहेका राजपुतले किन आत्महत्या गरे भन्ने बिषयको जाच भैरहेको भारतीय मीडियाले उल्लेख गरेका छन् ।

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’, ‘पिके’, ‘ एमएस धोनी’ , केदारनाथ’ , ‘छिछोरे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् । उनका चलचित्र बक्स अफिसमा सफल भैरहेका थिए भने क्रिटिक्सले पनि उनको कामलाई तारिफ गरिरहेका थिए ।

उनको अन्तिम रिलिज चलचित्र ‘छिछोरे’ रहेको थियो । यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि आत्माहत्या नगर्ने संदेश छाडेको थियो । तर जीवनको जस्तोसुकै परिस्थितिमा पनि आत्माहत्या नगर्ने संदेश दिदादिदै सुशान्त आफ्नै जीवनसंग हारेका छन् ।

उनले समाजिक संजालमा पछिल्लो समय गरेका पोष्टहरुले उनि केहि न केहि मानसिक तनावबाट गुज्रिरहेको देखिन्छ। केहि दिन अगाडी इन्स्टाग्राममा उनले आमाको तस्विर शेयर गर्दै सोहि भाव पोखेका थिए । जीवनको एक्लोपनले पनि कहिँ कतै उनलाई खाएको हुन सक्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !