नेपालमा विगत २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ।
तीमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन्।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। यसअघि सरकारले गत साता शुक्रवार सर्वाधिक सङ्ख्या अर्थात् ४४८ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।
त्यसैगरी शनिवार र आइतवार क्रमश: दुई जनाको मृत्यु तथा २७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।