पछिल्लो २४ घण्टामै थपिए १ लाख ४२ हजार बढी कोरोना संक्रमित, कहाँ कति तालिका ?

  • प्रकाशित मिति : २०७७ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ४२ हजार बढी कोरोना संक्रमित थपिएका छन् भने साढे ६ हजार बढीको ज्यान गएको छ।

वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ४२ हजार ५ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९ सय ५९ पुगेको छ भने ८२ लाख ५६ हजार ७२५ जना संक्रमित भएका छन्।



जसमध्ये ४३ लाख ६ हजार ४ सय २६ जना उपचारपछि घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ३५ जनामा नयाँ संक्रमित थपिएका छन् भने २ हजार ६ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ भने ३ लाख ५४ हजार १६१ जना संक्रमित भएका छन्।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ८४९ जनाको मृत्यु भएको छ भने २५ हजार ४ सय ५० जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार १३२ हुनेको छ भने २२ लाख ८ हजार ४ सय जना संक्रमित भएका छन्।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ भने ३७ हजार २ सय ७८ नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४५ हजार ४ सय ५६ पुगेको छ भने ९ लाख २८ हजार ८३४ जना संक्रमित भएका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१३ देशमा फैलिएको छ।