आज एकै दिन ४२६ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो।



पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्। उनका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।