- महेश रेग्मी

मानव समुदाय आज वसोवास गरिरहेको पृथ्वी बाहेक अर्को ग्रहलाई समेत मानव वसोवासको लागि उपयुक्त स्थान हुनसक्ने भनी विभिन्न किसिमका अध्ययन, अनुसन्‍धान, अन्वेषण र योजना सुरु भईसकेका छन, भलै ति अन्वेषण योजनाहरु भोलि अर्को कुनै ग्रहमा मानविय वस्ती बसाल्ने योजना सफल होला या नहोला¸ मानविय वस्ती बसाल्न सकिएला या नसकिएला तर आज हामी वसोवास गरिरहेको यस धर्ति¸ पृथ्वीलाई भोलि आउने पुस्ताको लागि बस्ने योग्य बनाउनै पर्दछ । त्यसकारण यस पृथ्वीलाई हाम्रो आफ्नो निजि घरको रुपमा नभई डेराको रुपमा मान्ने दृष्टिकोणले यस धर्तिको आयुलाई बढाउने गर्छ । हिजो हाम्रो पुर्खा बस्थे आज हामी बस्छौ भोलि हाम्रा सन्ततीहरु बस्नु पर्दछ भन्ने सिद्दान्त अनुसार यस अस्थाई डेरालाई नबिगारी¸ नभत्काई प्राकृतिक स्रोतलाई जतन गरि अरुको लागि पनि यो पृथ्वी हो भन्ने सिद्दान्त अवलम्बन गर्नु पर्दछ । तर हाम्रो काम व्यवहारले पृथ्वी बचाउनु पर्छ भन्ने तिर प्रमाणले त्यस्तो देखाउँदैन ।

विश्व स्वास्थ्य संगठनले सन् २००९ मा स्वाईनफ्लयुलाई विश्वव्यापी स्वास्थ्य आपतकाल तथा विश्वब्यापी महामारिको रुपमा घोषणा नै गर्नु पर्‍यो त्यस पछि पोलियो, जिका¸ ईवोलालाई बिश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा गर्यो । हाल विश्वव्यापी बन्दाबन्दीको कारकको रुपमा कोरोना भाईरसले विश्वव्यापी आवगमनलाई पुर्ण रुपमा धक्‍का दियो मानविय कृयाकलापहरु पुर्ण रुपमा ठप्प गरिदियो विश्वका प्रत्येक देशहरुमा ठुलो सानो यसको प्रभाव परि रहयो । सबैबाट बिजय प्राप्त गरि मानव समुदाय एउटा भाईरसको कारण कोठा भित्र थुनिएर झ्यालबाट टुलुटुल बाहिरी संसार हेर्नु सिवाय अरु विकल्प देखिएन । यस्ता महामारिवाट विश्वका कुनै देशहरु अछुतो रहेनन् चाहे त्यो समृद्द¸ सम्पन्न भनिएका मुलुकहरु अमेरिका¸ जर्मन¸ बेलायत¸ फ्रान्स¸ ईटाली¸ स्पेन सबै भन्दा बढी महामारीबाट ग्रसित बन्न पुगे ।

यस हिसावले तापक्रम बढदै जाने प्रकृतिक सिद्दान्‍त विपरित कृयाकलापमा उदृत हुदै गयौ भने भोलिको समयमा अझ कठिन हुनेमा दुई मत छैन । मानविय अशोभाविक जनसंख्या बृद्दिले गर्दा बसोवासको लागि स्थानको अभाव हुनु बनजंगल नष्ट हुदै प्राकृतिक चक्र नै विग्रने¸ पृथ्वीको तापक्रम बढ्दै जाँदा सामुद्रिक किनाराका देशहरु डुव्ने¸ हिमालहरु कालापहाडको चट्टानको रुपमा परिणत हुने¸ विश्वव्यापी खानेपानीको मुहानहरु सुक्ने¸ खानेपानीको हाहाकार हुने जस्ता कारणले मानविय अस्थित्व नै जोखिममा छ भन्ने डरलाग्दो भविष्यवाणि बैज्ञानिकहरुले हामिसामु ल्याएका छन ।

विश्वव्यापी महामारी भाईरसहरु हामीसम्म किन बढि बिकराल परिस्थिति सिर्जना गरि आईरहेका तथ्यलाई हेर्दा मानविय कृयाकलापहरु¸ आर्थिक गतिविधिमा बढि महत्वकाङ्क्षाले समेत पृथ्वीका सिद्दान्त विपरितका कामहरु बढि जिम्मेवार रहेका छन । जस्तो पर्यावरणिय क्षति¸ बनजंगल फडानी¸ ईन्धनको बढ्दो प्रयोग¸ प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापन नहुनु¸ बन्यजन्तुको चोरीसिकारी र अवैध व्यापारले वन्यजन्तु र मानिसको सम्पर्क बढन गई यस्‍ता प्रकारका महामारी आईपरेका छन् । कोरोनाले दुख दिएको मानविय समुदायमा चरम असन्तुष्टि छ तर स्यंम मानविय कृयाकलापहरुको कारणले यस्ता भाईरसहरु फैलिएको भन्ने कुरा स्वीकार गर्न हिचकिचाई रहेको छ¸ अनविज्ञ प्रकट गरेको छ । पृथ्वीको आफ्नो क्षमतालाई हाम्रा अप्राकृतिक कृयाकलापले क्षयीकरण गरि रहेको छ । हामीले देखेका छौ बनजंगल¸ खोलानाला¸ हिमाल¸ खानीहरु¸ अत्याधिक रुपमा फडानि¸ उत्खनन प्रशोधन गर्नु अति उपभोग गर्ने¸ छिटो धनी तथा समृद्द हासिल गर्ने अभिलासा चाहानाले गर्दा आज मानिसले आफैले खनेको खाल्डोमा आफैलाई हालिरहेको यथार्थ तथ्य हामीसामु जगजायरै छ । अमेजन जंगलको विशाल डढेलो¸ अष्ट्रेलियाको डढेलोले जहाँ करोडौ बनस्पति¸ जंगल¸ बन्यजन्तुको भयावह रुपमा नष्ट गरेको अवस्था हाम्रो आँखाले देखेको छ । त्यसको जिम्मेवारी कुनै न कुनै हिसावले हामीनै रहेका छौ ।

हाम्रो कृयाकलापले पृथ्वीलाई फोहोरको ल्याण्डफिल्ड सहर बनाईरहेका छौ । समुन्द्रमा फोहोरको थुप्रो हिमालका काखहरुमा फोहोरको डंगुर नदिहरु फोहोरको थुप्रोले ढाकिरहेको छ । जसले गर्दा पानिमा जिवहरु मर्ने कुरा हाम्रोलागि सामान्य नै भैसक्यो । नाफामुलक बजार अर्थतन्त्र¸ बन्यजन्तुको बस्तुकरण गरी सवल सक्षम विकसित हुनु पर्छ भन्ने मान्यताले गर्दा आज यस्ता प्रकारका समस्याहरुले मानिसलाई बढी प्रभावित परिरहेको छ । नाफालाई मात्र हेर्ने आफुलाई मात्र समृद्द भएको देख्ने कारणले पर्यावरणीय समस्याको निकाश पनि प्राकृतिक तरिकाबाट नखोजि कृतिम प्रकृया खोज्ने हाम्रा परम्पराले पनि समस्या निम्त्याउनुमा मुख्य भुमिका खेलिरहेको छ ।

हालको कोभिड-१९ को जस्तो महामारी न पहिलो न अन्तिम नै हुनेछ¸ जस्तो सुकै महामारि आईपरे पनि हाम्रो वार्षिक रक्षा¸ सुरक्षा बजेटभन्दा स्वास्थ्य¸ जनस्वास्थ्‍य बजेटको अन्तर घटिरहेको छ । रकेट¸ मिसाईल¸ ठुला-ठुला बमहरु¸ ड्रोन¸ अन्य सैनिक अत्याधुनिक हातहतियार उपकरणहरु खरिद गर्नमा हाम्रो ध्यान केन्द्रित भईरहेको छ । तर स्वास्थ्य सामाग्रिहरु सिटामोल¸ थर्मगन¸ प्रेसर नाप्ने उपकरण आवस्यक किट¸ माक्सको अभावले पनि सामान्य उपकरणहरुको कमि रहेको देखियो । तर त्यसको परिपुर्ति जागरुपतामा कमि देखियो सामान्य स्वास्थ्य सामाग्री खरिद गर्नको लागि विश्यव्यापि कठिनाई भैरहयो । तर सैन्य सामाग्रीको आवश्यक परिपुर्ति भैरहयो । त्यसैले अर्वौ रक्षा बजेट भन्दा करोडौ स्वास्थ्य उपकरणहरु किन्नुनै बेश देखियो ।

अत्याधिक मासुजन्य खाद्यान्न उत्पादन उपभोगका कारण विश्वमा विभिन्न रोगहरु देखा परेका छन् । नयाँ-नयाँ संक्रमणयुक्त रोगहरु जंगलमा बस्ने जनावरहरुबाट मानिसमा सरिरहेका छन । आफ्नो स्वार्थ अनुकुल बन्यजन्तुको बस्तुकरण गर्नु भाईरस फैलाउनुको कारकतत्व भन्ने आशंकाहरु पैदा भएका छन । प्राकृतिक श्रोत बनजंगल विनासले थुप्रै बन्यजन्तुलाई विनास¸ विस्थापित गरिरहेको छ, उनिहरुलाई संकटको भूमरी पारिदिएको छ ।जमिनमा रहेको विभिन्न परजिविहरु मानिसमा सरि महामारिको रुपमा देखा परि रहेका छन । कोरोना भाईरसको महामारिबाट सिर्जित आर्थिक क्षतिपुर्तिको लागि फेरि प्राकृतिक श्रोतको चरम दोहन गर्ने सम्भावनालाई बढावा दिन सक्नेछ ।

अतः यस्ता प्रकारका मानविय कृयाकलापका कारण उत्पन्न हुने महामारिवाट बच्नका लागि प्राकृतिक श्रोत, बनजंगल¸ हिमाल¸ नदिनाला¸ हिमनदिहरुको संरक्षण, सम्वर्दन, सफा राख्ने र श्रोतको प्रयोग आवश्यकता परिपुर्तिका लागि मात्र गर्ने पद्दतिको विकाश गरि प्राकृतिक सिद्दान्त प्रणालिलाई अवलम्वन गरि अगाडि बढ्नु नै बढि बुद्दिमानि हुनेछ । – mregmi80@gmail.com

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !