काठमाडौँ । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा परिवारवादको बहसले भुइँचालो गएको छ। सामाजिक सञ्जालमा लगातार चर्चित निर्माण कम्पनी, त्यसका मालिक र स्टार किड्सलाई घेर्ने क्रम जारी भएपछि ठूला सेलिब्रेटीलाई सामाजिक सञ्जाल विष बनेको छ।

उनीहरुको पोस्टमा गरिएको कमेन्ट हेर्दा यस्तो लाग्छ की सुशान्तले यस्तै मानिसहरुका लागि आत्महत्या जस्तो कदम उठाएका हुन्। सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि नेपोटिज्मको आडमा बलिउडमा स्थान बनाएका सेलिब्रेटीहरु कोही सामाजिक संजाल छाडेर भाग्न थालेका छन् भने कोहीले कमेन्ट सेक्सन नै लक गरेका छन्।

पछिल्लो समय आधा दर्जन बढी बलिउड सेलिब्रिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन सर्वसाधारणका लागि लक गरिदिएका छन्।

यसमा करन जोहर र उनको क्याम्पसँग जोडिएका आलिया भट्ट, करिना कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र शाहरुख खानकी छोरी सुहाना खान समावेश छन्। यी सबै स्टारकिड हुन् । अब यी सेलिब्रिटीको पोस्टमा उनीहरुका नजिकका साथीले मात्रै कमेन्ट गर्न सक्छन्।

१४ जूनमा सुशान्तले आत्महत्या गरेपछि कंगना रनोटले सिधै करण जौहरलाई यसको लागि जिम्मेवार ठहर गर्दै उनीमाथि नेपोटिज्मलाई बढावा दिएको आरोप लगाइन्। त्यसपछि शेखर कपूर, अनुभव कश्यप, अभय देओल, कोएना मित्रा, रवीना टंडन लगायतका सेलिब्रेटीहरु पनि यस विषयमा अगाडि आए।

सामाजिक संजालमा यिनीहरुले ठूलो समर्थन पाएपछि स्टारकिड सेलिब्रेटी सामाजिक सञ्जालबाट भाग्न थालेका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !