के कारणले भयो अभिनेता सुशान्तको मृत्यु ? यस्तो आयो फाइनल रिपोर्ट

  • प्रकाशित मिति : २०७७ असार १०, बुधबार
  • nepaltale.com

काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनलाई सुरुवाति अनुसन्धानमा प्रहरीले आत्महत्याको घटना बताएको थियो। सुरुवाती पोस्टमार्टम रिपोर्टले पनि उनको मृत्यु झुण्डिएका कारण निसास्सीएर भएको देखाएको थियो।

अब प्रहरीलाई सुशान्तको निधनको फाइनल पोस्टमार्टम रिपोर्ट दिइएको छ। उक्त रिर्पोटमा सुशान्तको निधनसँग जोडिएका कयौँ कुरा बताइएको छ।

अभिनेताको ओछ्यान पनि केमिकल जाँचका लागि सुरक्षित राखिएको छ। यही क्रममा उनको फाइनल पोस्टमार्टम रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका छन्। यो रिर्पोट तयार गर्नका लागि कयौँ जाँच गरिएको छ।

के छ रिर्पोटमा ?

रिर्पोटमा सुशान्तको शरीरमा कुनै प्रकारको चोट देखिएको छ। उनका नङ पनि निकै सफा देखिएका छन्। पोस्टमार्टम रिपोर्टमा सुशान्तको निधन आत्महत्या भएको देखिएको छ। रिर्पोटमा अभिनेताको मृत्युको कारणमाथि कुनै पनि शंका गर्नु पर्ने ठाउँ देखिएको छैन्।

मुबंई प्रहरीले पनि सुशान्तको मृत्युबारे कयौँ खुलासा गरेको छ। पहिले अभिनेताको मृत्युलाई पूर्व म्यानेजर दिशा सालियनको निधनसँग जोडेर हेरिएको थियो। अब भने प्रहरीले यस्तो कुनै सम्बन्ध नरहेको बताएको छ।