काठमाडौं । नेपालमा आज थप ४३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मेलनमार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने आज ३१२ जना डिस्चार्ज भएका छन्।
यो सँगै नेपालमा कोरोना संक्रमितहुनेको कुल संखया ११ हजार एक सय ६२ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने दुई हजार ६ सय १६ पुगेको छ।
संक्रमितमध्ये हालसम्म २६ जनाको मृत्यु भएको छ।