काठमाडौँ । कोरोना संक्रमितको तथ्यांकले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९३ हजार ९७४ जना नयाँ संक्रमित थपिएका हुन्। यो संक्रमणदर अहिलेसम्मकै उच्च हो। केही दिनमा कोरोना संक्रमण घटेपनि समग्र विश्वमा भने यसको दर झनै बढेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ८८५ पुगेको छ भने ९९ लाख ३ हजार ९ सय ८६ जना संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म ५३ लाख ५७ हजार २३३ जना उपचारपछि निको भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ६६३ जनाको मृत्यु भएको छ भने ४७ हजार ३४१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै हालसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६४० पुगेको छ भने २५ लाख ५२ हजार ९५६ जना संक्रमित बनेका छन्।
त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ५५ जनाको मृत्यु भएको छ भने ४६ हजार ९०७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ हजार १०९ पुगेको छ भने १२ लाख ८० हजार ५४ जान संक्रमित भएका छन्।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३८१ जनाको मृत्यु भएको छ भने १८ हजार २७६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ६८९ पुगेको छ भने ५ लाख ९ हजार ४४६ जना संक्रमित भएका छन्।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।