काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको दोस्रो लहर सुरु भए लाखौँ मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ।
शुक्रबार डब्ल्यूएचओका असिस्टेन डायरेक्टर जनरल रनीरी गुएराले स्पेनिश फ्लूलाई सम्झिदै भनेका छन्, ‘त्यो महामारी सेप्टेम्बर अक्टुबरको जाडो मौसममा बढेको थियो। करिब १०० वर्ष पहिले आएको स्पेनिश फ्लूको दोस्रो लहरबाट करोडौँ मानिसको मृत्यु भएको थियो।’
उनले स्पेनिश फ्लूले पनि भाइरसको भाइरस जस्तै गुण देखाएको थियो। त्यो बेला पनि गर्मीमा महामारी घटेपनि पछि ह्वात्तै बढेको थियो। त्यसैले कोरोना भाइरसको दोस्रो लहर झनै खतरनाक हुने अनुमान छ। यसबाट लाखौँ मानिसको ज्यान जान सक्छ।
यसअघि यूरोपियन सेन्ट्रल बैँकका प्रमुख क्रिस्टीन लगार्डेले यदी हामीले स्पेनिश फ्लूबाट केही सिकेका छौँ भने निश्चित रुपमा कोरोना भाइरसको दोस्रो लहर आउन सक्छ।
यसअघि गरिएका केही अध्ययनका अनुसार अधिक गर्मीमा कोरोना भाइरसको प्रसार धिमा हुने गर्दछ। तर यतिधेरै कम हुँदैन् की संक्रमण रोकिन्छ। यद्यपी महामारी रोग विशेषज्ञले भने दोस्रो लहरको महामारीका लागि कुनै तय परिभाषा छैन्।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना भाइरसबाट करिब १ करोड मानिस संक्रमित बनेका छन्।