काठमाडौं । देशभर आज ४६३ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४६२ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १२७७२ जना संक्रमित पुगेकाे जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घन्टामा १७९ जना डिस्चार्ज भएकाे बताउनुभएकाे छ । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ३१ पुगेको छ । नेपालको ७७ वटै जिल्लामा कोरोना देखिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !