उपत्यकामा थप ८ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार १५, सोमबार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनकाक्रममा नयाँ संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६ जना तथा ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको हो। तर, उनीहरु कुन क्षेत्रका हुन भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन।

पछिल्लो समय उपत्यकाबाहिरबाट भित्रिने तथा विदेशबाट फर्केर आएकाहरुमा कोरोना भेटिने गरेको छ।

सोमबार देशभर ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ सय २१ जना डिस्चार्ज भएका छन्। नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या भने १३ हजार २४८ पुगेको छ।