मंगलबार ३१६ संक्रमित थपिएसंगै नेपालमा हालसम्म १३५६४ जना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार १६, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। मंगलबार एकैदिन ३ सय १६ जना नयाँ कोरोन संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । यो संगै उपचार पछि निको हुने संक्रमितको संख्या ३ हजार १ सय ९४  पुगेको छ ।