पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति ?

  • प्रकाशित मिति : २०७७ असार १७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।



निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ।

भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको जनाएको छ ।

निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ।