काठमाडौं । बुधबार काठमाडौंमा थप १७ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो।
उनीहरु कुन ठाँउका हुन भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन। पछिल्लो समय उपत्यकामा संक्रमित थपिदै गएका छन्।