जिन्दगी यसरी चलिरहेको छ कि म आफुले आफैलाइ चिन्न छाडी सके । संघर्स पनि कति गर्नु ? गर्नै नखोजेको पनि त हैन ।
अलिक पर्तिर पुगेर उस्ले भन्यो सारै थाकियो यार चौतारो मा केहिछिन आराम गरौ कि ? हुन्छ बसौ न सार्है गर्मी पनि छ । मनमा पीडा अनेक छ्न , पीडा पोख्ने ठाउ पनि छैन । हिजो पल्ला घरे काका को छोरा ले कलेज टप गरेर पुरस्कार ल्याएछ । रेडियो ले पनि फलानु को छोरा ले कलेज टप गर्यो भन्दै समाचार मा सुनायो ।
खबर त राम्रो सुनायो । आफ्नै छिमेकी ले कलेज टप गर्यो । तर घरका लाई यो कुरा ले लाजमर्दो बनायो । हुन त छिमेकीको छोरा ले कलेज टप गरेर बाबुआमा को शिर उच्च बनायो, आफ्नु भने दुईवटा बिषय लगाएर समाजमा नाक कटायो ।
आखिर उस्ले उस्को क्षमता अनुसारको अंक ल्यायो, मैले मेरो क्षमता अनुसार ल्याए । उस्ले अलिक बढी मेहेनत गर्यो मैले कम गरे । जम्मा दुई बिषय त लाग्या छ यार सबै बिषय त लागेको छैन नि? अर्को पटक पास गरौंला न ।
” हो म पढाई मा कमजोर छु । यसको मत्लब यो हैन कि मेरो जिबनमा पढाई नै सकियो ।” छिमेकी को छोरा ले कलेज टप गर्यो मेरो छोरा ले दुई विषय लगायो भनेर मन दुखाउनु किन?
उस्ले झोलामा भएको पानी को बोत्तल निकाल्यो र घटक घटक पिउन थाल्यो ..
“आखिर सबै मानिसहरु पढाईमा मात्र अब्बल हुदैनन नि यार” फेल भैयो भन्दैमा प्रयास गर्न छाड्नु हुँदैन भन्दै बोत्तल झोला मै राख्यो । आजसम्म केही गर्न सक्या छैन । आफ्नु पहिचान समेत बनाउन सकेको छुइन । म को हो? मलाई कस्ले चिन्छन ?
लामो सास फेर्यो .. हामि कहाँ सम्म जाने हो ? खै जहाँ सम्म जान मन लाग्छ जाउ । चौतारो बाट गफ गर्दै अघि बढ्यौं ।
मलाई हिजो बेलुका भएका कुराहरु अझै मनमा खेलिरहेका छन । घरमा दाइ ले उसै गर्नु भो । बुबा ले उसै गर्नु भो । पाहुना आउनु भएको मामा ले समेत भानिज अलिक मेहेनत गर्नु पर्छ नि यसरी कहाँ पढाई चल्छ र ? भन्नू भयो ।
” हो म पढाई मा कमजोर छु । यसको मत्लब यो हैन कि मेरो जिबनमा पढाई नै सकियो ।” छिमेकी को छोरा ले कलेज टप गर्यो मेरो छोरा ले दुई विषय लगायो भनेर मन दुखाउनु किन?
” समाजमा सबै पढ्नेहरू मात्र शिक्षीत हुदैनन । केही केही आफ्नु ब्यवहार, जिम्मेवारी र संघर्स ले समेत शिक्षीत हुने गर्दछ्न ।”
सपना पनि आफ्नो क्षमता अनुसारको देख्नु पर्दछ । देखेको सपना पूरा गर्न तर्फ अग्रसर हुनु पर्दछ । हो म एउटा परिक्षा मा अक्षम भए । मैले प्रयास गर्नै त छाडनु भएन नि ….?
हुन त सबैको रुचि पढ्ने नै हुँदैन । हाम्रो समाजमा यस्तो चलन ले निरंतरता पाएको छ कि छिमेकी ले छोरी को बिहे गर्यो भने आफ्ना छोरीको उमेर नपुगी बिहे गर्न हतार पर्छ । सिरानघरे दाजु ले छोरा लाई डाक्टर पढाउन सहर पठाउनु भयो । अब हाम्रो घर मा समेत छोरालाई डाक्टर पढ्न पठाउने सपना देख्छ्न । अनेक दुख कष्ट गर्छ्न, किनकि छिमेकी को छोरो डाक्टर पढ्न सहर गयो । आफ्नु भने भिरबारि मा गोरु चराएर बस्या छ । उसलाई पनि डाक्टर पढ्न पठाउनु छ । यहाँ एकपटक कसैले सोध्दैनन कि तेरो रुचि के मा छ ? के पढ्छस ?
” यहाँ अरुले जे गर्यो त्यै गर्नु पर्ने , तर आफ्नु रुचि के मा छ त्यो गर्न मुस्किल पर्ने ” । यो समाजमा देखासिखी गर्ने प्रवृत्ति कैले सम्म हो ?
सपना पनि आफ्नो क्षमता अनुसारको देख्नु पर्दछ । देखेको सपना पूरा गर्न तर्फ अग्रसर हुनु पर्दछ । हो म एउटा परिक्षामा अक्षम भए । मैले प्रयास गर्नै त छाडनु भएन नि ….?
” असफलता को मत्लब यो हैन कि हामी असफल भयौं । यस्को मत्लब यो हो कि हामी अहिले सम्म सफल भएका छैनौं “। सफल हुन दु:ख कष्ट मेहनत गर्नु पर्दछ ।
एकछिन रोकिन्छ । हामी कहाँ हिडिरहेका छौ ? जिन्दगी कुन मोड मा चलिरहेको छ ? देखेका सपना लाई साकार पार्ने कैले? मैले भने फर्किनु पर्छ यार गफ गर्दा गर्दै धेरै टाढा आइसक्यो ……
त्यहाँ बाट फर्कियौ ! यति सामान्य कुरा ले आज मलाई गम्भीर बनायो । म फेल भए , समाजमा घरपरिवार लाई जिस्क्याउन थाले । आखिर मेरो कारण ले घरपरिवार लाइ किन गिज्याउनु जिस्क्याउनु ? सिधै मलाई गिज्याए भै हाल्यो नि । हुन त म बुबाआमा को नाम बाट परिचीत छु । आफ्नो परिचय के छ र मेरो मलाई आएर गिज्याउनु ?
यहाँ कयौ मानिस यस्ता छन, तिनीहरु सबै आफ्ना बुबाआमा को नाम बाट परिचित छन । हामीले अब आफ्नु परिचय आफै बनाउनु पर्दछ । मलाई म बनेर देखाउनु छ । र त्यो दिन अवश्य आउने छ ।
केही कुरा गल्ती गरियो भने मेरो नाम आओस् , परिवार को हैन । तर सानो कुरा लाई पर्खाल जत्रो बनाउछन, र परिवार बिचमा ल्याउछन । त्यै भएर हरेक नागरिक ले आफ्नु परिचय बनाउनु जरुरी छ । “म मै हु तिमी तिमी नै हौं ”
घर नजिक पुग्छौं अनि उस्ले भन्छ , आज लाई छुटौ यार गलियो पनि भोलि भोलि भेट्दै गरौं । हुन्छ छुटौन त अबेर भै सक्यो । हामी त्यहा बाट छुट्छौ ।
भोलि पटक बिहानै लोचन ले फोन गर्यो मलाइ राजकुमार को घरमा बोलायो । मैले किन रहेछ भनेर प्रश्न गरे उस्ले चाडो आइन न भन्यो । म हतार हतार गरेर राजकुमार को पुगे ।
हिजो बेलुका सगै छुटेको साथी म आफ्नु पहिचान आफै बनाउछु, म ” म बनेर देखाउछु ” भन्ने साथी आज उस्ले आफ्नो पहिचान भित्ताको किलोमा झुन्डिएको छ । घरमा भनेका कुरा समाजले गिज्याएको उस्ले सहन सकेन । आज आत्महत्या गर्न पुग्यो । उस्ले आफ्नो पहिचान स्वरुप भित्ताको किलोलाई रोज्यो । अत्यन्त दु:ख लाग्यो । आखिर उस्ले दुई बिषय लगाएको थियो । फेरि प्रयास गर्दा सफल हुन्थ्यो । तर समाजले अलिकति सानू कुरा पाए गिज्याउने जिस्क्याउने कारणले आज मेरो साथी आफ्नु पहिचान खोज्दै भित्ताको किलामा पुग्यो ।