‘टम एण्ड जेरी’ कार्टुनका निर्देशक अपार्टमेन्टमा मृत भेटिए

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

एजेन्सी । चर्चित कार्टुन पात्र टम एण्ड जेरीका रचयिता, पोपाय द सेलर म्यान र मुनरोजस्ता कार्टून फिल्मका निर्माता–निर्देशक जीन डाइचको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच दिनअघि गत बिहिबार प्रागस्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएको बताइन्छ । उनको मृत्युबारे उनका प्रकाशक पिटर हिम्मेलले पुष्टि गरेका छन् ।

सन् १९२४ अगस्ट ८ तारिखमा सिकागोमा जन्मिएका जीन पहिला उत्तरी अमेरिकामा सेनासँग आबद्ध थिए । उनी पाइलटलाई तालिम दिन्थे भने सेनाका लागि ड्राफ्टम्यानको काम गर्दथे । तर स्वास्थ्य सम्बन्धि समस्याका कारण उनलाई सन् १९४४ मा सेनाबाट हटाइयो । पछि उनी एनिमेसनको क्षेत्रसँग जोडिए । त्यसपछि उनले टम एण्ड जेरी कार्टुनको पात्रलाई के सोचेर बनाए र एक अन्तरवार्तामा उनले यसबारे जानकारी दिए ।