२४ घण्टामा २ लाख ९ हजार बढी कोरोना संक्रमित थपिए, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९ हजार २८ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् भने ५ हजार १ सय ७० जनाको मृत्यु भएको छ।

केही देशमा कोरोना भाइरसको संक्रमण घटेपनि समग्र विश्वभर संक्रमण दर झनै बढेको छ। यो सँगै विश्वभर हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार १ सय १३ पुगेको छ भने १ करोड ११ लाख ९० हजार ६ सय ८० जना संक्रमित भएका छन्। जसमध्ये ६२ लाख ९७ हजार ९११ जना उपचारपछि निको भएका छन्।



कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ९०४ जना नयाँ संक्रमित थपिएका छन् भने ६१६ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २८ लाख ९० हजार ५८८ पुगेको छ भने १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ४१ हजार ९ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय ६४ जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १५ लाख ४३ हजार ३४१ पुगेको छ भने ६३ हजार २५४ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ४४४ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ४९ ८ सय ८९ पुगेको छ भने १८ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।