ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार (फोटो कथा)

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • nepaltale.com

काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उक्त क्रममा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

खोकनावासीले सुरुआतदेखि नै फास्ट ट्रयाकको विरोध गर्दै आएका छन् । उनीहरुले आफ्नो धरोहर लिएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै विरोध गर्दै आएका हुन् ।

अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।उक्त क्रममै प्रहरीसंग झडप भएको हो । केही घाइते भएका छन् ।

काठमाडौं तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी रहेको भए पनि स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले सांस्कृतिक सहरमाथि अतिक्रमण गर्न नपाउने भनिरहेका छन् ।