नेपालमा थप १८० जनामा कोरोना भाइरस संक्रमण

  • प्रकाशित मिति : २०७७ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १८० जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।



पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ।