थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ असार २३, मंगलवार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जनालाई कोरोना पुष्टि भएको हो ।