काठमाडौँ । कर्णाली प्रदेशमा थप २० जनाम कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ जिल्लामा थप २० जना संक्रमित भेटिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुर्खेतमा १३ जनासहित २० जना थपिएका हुन् । यससँगै संक्रमितको संख्या एक हजार ५ सय ५० जना पुगेको छ । वुधबारै कर्णाली प्रदेशमा थप १६ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या एक हजार २ सय ९१ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।