ललितपुरमा गर्भवती सहित ४ जनामा संक्रमण

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • nepaltale.com

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरसका संक्रमित थपिदै गएका छन्।

दैनिक रुपमा संक्रमित बढिरहेको उपत्यकामा बिहिबार ललिपुरमा थप ४ जना संक्रमित फेला परेका छन्।

ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी गर्भवतीसहित चार जना बिरामीमा संक्रमण फेला परेको छ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

संक्रमित देखिएकाहरुलाई आइसोलेसन वार्डमा भर्ना भएका थिए।