आज ७० संक्रमित थपिए, ४३१ जना डिस्चार्ज

  • प्रकाशित मिति : २०७७ असार २७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा शनिवार थप ७० जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको जनाएको छ।



यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ४३१ जना निको भएर डिस्चार्ज भएका छन्।

हालसम्म धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्लामा कोरोना भाइरस संक्रमणका घटना देखिएका छैनन।