काठमाडौं । पछिल्लो समय अभिनेत्री एवम् निर्माता निर्देशक दिपाश्री निरौला आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएकी छिन्।
एक कार्यक्रममा महानायक राजेश हमालबारे गरेको टिप्पणीलाई लिएर दिपाश्रीको आलोचना भइरहेको छ।
यद्धपी, दिपाश्रीले माफी मागिसकेकी छिन्। उक्त अभिव्यक्तिलाई लिएर माफी मागेपनि सामाजिक सञ्जालमा दिपाश्री लक्षित निकै आपत्तिजनक प्रतिक्रिया केही मानिसहरुले जारी राखेका छन्।
उनको जीवनशैली, वैवाहिक स्थिती, लगायतबारे नकरात्मक टिप्पणी भइरहेका छन्। अभिनेत्री निरौलामाथि ‘साइबर बुलिङ’नै भइरहेको छ।
दिपाश्री लक्षित आक्रमण जारी रहेपछि अभिनेत्री केकी अधिकारीले मुख खोलेकी छिन्।
एक पोष्ट मार्फत अभिनेत्री अधिकारीले ‘छोरी भएर जन्मिनु गल्ती’ भएको उल्लेख गरेकी छिन्। यस्तो छ केकीको स्टाटस
