एकै दिन थपिए २ लाख १४ हजार बढी कोरोना संक्रमित, कहाँ कति ? (तालिका)

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ४ हजार ७४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ।

यो सँगै विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या १ करोड २८ लाख ४१ हजार ५०४ जना संक्रमित भएका छन् भने ५ हजार ६७ हजार ६ सय २८ जनाको मृत्यु भएको छ।



कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय १९ जना नयाँ संक्रमित थपिएका छन् भने ७३२ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म ३३ लाख ५५ हजार ६ सय ४६ जना संक्रमित भएका छन् भने १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ३६ हजार ४७४ जना नयाँ संक्रमित थपिएका छन् भने ९६८ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म १८ लाख ४० हजार ८१२ जना संक्रमित भएका छन् भने ७१ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ७ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् भने ५ सय ४३ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ८ लाख ५० हजार ३५८ पुगेको छ भने २२ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

हेर्नुहोस् कोरोना फैलिएका सम्पूर्ण देशको तालिका