चीनले कोरोना भाइरसको ढाक छोप गरिरहेकाे भाइरोलोजिस्टको खुलासा

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

एजेन्सी । विश्वभर एक करोड २० लाखभन्दा बढी कोरोना संक्रमित पुगेका बेला हङकङबाट भागेर अमेरिका पुगेका एक भाइरोलिजिस्टले चीनले कोरोना भाइरस संक्रमणका विषयमा ढाकछोप गरिरहेको खुलासा गरेकी छन् ।

उनले कोरोना भाइरस संक्रमण सुरु हुनुअघि नै चीनलाई यस विषयमा राम्रोसँग जानकारी भएको उनले दाबी गरेकी छन् । यसलाई चीन सरकारले नै ढाकछोप गरेको उनले खुलासा गरेकी हुन् ।



शुक्रबार फक्सन्युजसँगको अन्तर्वार्ताका क्रममा भाइरोलोजी र इम्युनोलोजीमा विज्ञता हासिल गरेका लि-मेङ यानले चीनले विश्वलाई यसबारे सत्यतथ्य बताउनु पर्ने बताएकी छन् । हङकङ स्कुल अफ पब्लिक हेल्थमा अध्ययन गरेका यानले विश्व स्वास्थ्य संगठनलाई वुहानको प्रयोगशालामा अध्ययन गर्न अनुमति र पहुँच दिनुपर्ने बताइन् ।

उनले आफ्नो सुपरभाइजरलाई समेत यस विषयमा जानकारी भए पनि उनले अनुसन्धानलाई वास्ता नगरेको बताइन् । उनले भने, “मैले महामारीका विषयमा अनुसन्धान गरेर मानिसहरुको जीवन जोगाउन चाहन्छु ।”

चीनले हङकङमा सुरक्षा कानुन लागु गरेसँगै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नसक्ने भएकोले आफू अमेरिका भागेको बताएकी छन् । चीनमा सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरस देखिएको बताइएको थियो । यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन पुगिसकेको छ ।