गायक श्रेष्ठको नयाँ गीत ‘बैशाखे महिना’ सार्वजनिक

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गायक मनिष श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । गायक मनिष श्रेष्ठ र गायिका एलेना चौहानको सुमधुर स्वरमा ‘बैशाखे महिना’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा उर्मिला प्रधानको शब्द र मनिष श्रेष्ठकै संगित रहेको छ ।  गीतमा एरेन्ज भने कृष्ण बिकेले गरेका छन् । गीतको भिडियोमा मनिष श्रेष्ठ, चन्दा ढुंगाना, जीवन गुरुङ्ग, राजेन्द्र गिरी को अभिनय रहेको छ । यस भिडियोलाई निर्देशनमा मनिष श्रेष्ठलाई बिशेष पन्तले साथ दिएका छन् भने भिडियो सम्पादन  डिन्सन शाहले गरेका छन् ।