सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • nepaltale.com

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएका नयाँ संक्रमितमध्ये कैलालीको टीकापुर नगरपालिकाका ६, गोदावरी नगरपालिकाका ४ र अछामको ढकारीका १ जना छन् ।