लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ

  • प्रकाशित मिति : २०७७ बैशाख १०, बुधबार
  • nepaltale.com

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ परेका छन्। लकडाउन उल्लंघन गरेको आरोपमा आरोपमा मंगलबार प्रहरीले ललितपुरको सुनाकोठीबाट शाहीलाई पक्राउ गरेको हो।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरले जनाएको छ। उनलाई पक्राउ गर्नुको अन्य कारणबारे भने खुलाइएको छैन्।

प्रकाउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।