थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

  • प्रकाशित मिति : २०७७ असार ३१, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।